Skip This
रुकुममा पहिलोपटक मनाइयो ओलम्पिक दिवस 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Thursday, 03 October, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८o असार १ शुक्रबार १४:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रुकुममा पहिलोपटक मनाइयो ओलम्पिक दिवस 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १४:o९:oo

रुकुम पश्चिममा पहिलो पटक ओलम्पिक दिवस मनाइएको छ। दिवसको अवसरमा जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। 

जिल्ला ब्याडमिन्टन संघले भेट्रान (४५ वर्षमाथि) र नन भेट्रान (४५ वर्षमुनि) गरी दुईवटा इभेन्टमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगिताको शुक्रबार बिहान जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले उद्घाटन गरिन्। प्रतियोगितामा भेट्रानतर्फ आठ र ननभेट्रानतर्फ ५८ जोडीले भाग लिएका छन्। खेल खलंगास्थित बराहटाकुरा कभर्डहलमा सञ्चालन भइरहेको छ। 

प्रतियोगिता नकआउट सिस्टममा सञ्चलन भइरहेको र भोलिसम्म जारी रहने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले जानकारी दिए। जिल्लामा पहिलोपटक खेलकुद प्रतियोगिता आयोजना गरेर ओलम्पिक दिवस मनाइरहेको उनको भनाइ छ। 

हरेक वर्ष अंग्रेजी महिनाको जुन ३ देखि २३ सम्म विभिन्न कार्यक्रम गरेर ओलम्पिक दिवस मनाउने गरिएको छ। शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिएको हो। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई पोसाक र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।