Skip This
महादेवा गाउँपालिका डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख २६ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

महादेवा गाउँपालिका डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:३६:oo

सप्तरीको महादेवा गाउँपालिकामा डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता भएको पाइएको छ । गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार २३९ रुपैयाँ अनियमितता गरेको तथ्य खुलेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ मा परामर्श सेवाको लागत अनुमान तयार गर्नुपर्ने, नियम ७२ मा प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै माग गरी प्राविधिक र आर्थिक मूल्यांकनका आधारमा प्रस्ताव स्वीकृत गरी परामर्श सेवा लिन सकिने व्यवस्था छ ।

तर, गाउँपालिकाले लागत अनुमान तयार नगरी सूचना प्रकाशनविना तीनवटा फर्मलाई २० लाखभित्र आर्थिक प्रस्ताव माग गरिएको देखिन्छ । सूचना प्रकाशन गरी प्रतिस्पर्धात्मक तरिकाबाट गर्नुपर्नेमा विभिन्न तीन फर्मसँग प्रस्ताव माग गरी लागत अनुमानको हाराहारीमा पेस गरेको आर्थिक प्रस्ताव स्वीकृत गर्दै सम्झौता गरी एक करोड ३३ लाख ८४ हजार तीन सय ३९ रुपैयाँ खर्च गरिएको महालेखापरीक्षकको प्रतिवेदन, २०७९ मा औँल्याइएको छ ।

गत आर्थिक वर्षमा ७० लाख ५० हजारको डिपिआर तयार गरेकोमा हालसम्म कुनै पनि आयोजना कार्यान्वयन नभएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

ad
ad