१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका म्याग्दी
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध बेनी-जोमसोम सडक १६ घन्टापछि सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

बेनी–जोमसोम सडकमा १६ घन्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। 

मंगलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सीधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको अन्नपूर्ण– २ का वडाध्यक्ष ओम फगामीले जानकारी दिए। 

उनका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रूपमा खोलामा सवारी वारपार हुने गरी मर्मत गरेपछि सडकमा यातायात सञ्चालन भएको हो। 

सडक अवरुद्ध बनेपछि बीचबाटोमै रोकिएका सवारीसाधन सडक सञ्चालन भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन्। गत जेठ ६ गते रातिको बाढीले भुरुङतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो। 

पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। मंगलबार राति वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो। 

यसैबीच बाढीले भुरुङतातोपानी बजारमा वितरण हुने खानेपानीको पाइप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ। 

करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब पाँच सय मिटरभन्दा बढी पाइपलाइन क्षति भएको छ। गाउँपालिकाले पाइप बगाएको ठाउँमा अर्को पाइपको बन्दोबस्त गर्ने गरी स्थानीयवासी खानेपानीको मर्मतमा जुटेका छन्। बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्‍याएको छ।