१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकले गर्‍यो सेनेटरी प्याड सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५३:oo

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीनवटा संस्थामा रहेका बालिकाहरूको सरसफाइका लागि सहयोग गरेको छ । बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइहोम र  जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूका लागि दुई वर्षलाई पुग्ने सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू सहयोग गरेको हो ।

 बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीलाई कम गर्ने उद्देश्यले संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई उक्त सहयोग सामग्री सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताइन् । उक्त उद्देश्य प्राप्तिका लागि बैंकले सहयोग प्रदान गरेकोमा उनले आभार व्यक्त गरेकी थिइन् । 

बैंकले देशभरि एक सय ८३ शाखा, तीन विस्तारित काउन्टर, एक सय ४० एटिएम, ६ कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad