१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समिति : प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ ३२ जेठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमा ३२ जेठमा सुनुवाइ हुने भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले ३२ जेठमा सुनुवाइ गर्ने निर्णय गरेकाे हाे।

आजको बैठकमा कार्कीविरुद्ध परेका उजुरीहरू खोलेर सांसदहरूलाई वितरण गरिएकाे छ। उनीविरुद्ध २९ वटा उजुरी परेका छन्। 

समितिले ३१ गते उजुरीकर्तासँग छलफल गरी ३२ गते कार्कीलाई समितिको बैठकमा बोलाउनेछ। १ असारमा थप छलफलपछि अन्तिम निर्णय लिइनेछ। सुनुवाइबाट अनुमोदन भए कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । यद्यपि, ६५ वर्षे उमेरहदका कारण १९ साउनसम्म मात्रै उनको सेवावधि हुनेछ।

१ फागुन ०७८ मा महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २७ मंसिरमा अवकाश पाएका थिए । जबरा निलम्बन परेलगत्तै कामु प्रधानन्यायाधीश बनेका दीपक कार्कीले पनि १५ असोजमा अवकाश लिए । त्यसपछि कार्कीले कामुको जिम्मेवारी पाएका थिए ।