१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एरोबिक्सका यस्ता फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o२:oo
  • संगीतको तालमा उफ्रिएर तौल घटाउन चाहनेका लागि एरोबिक्स राम्रो माध्यम हुन सक्छ । यसको अभ्यासका दौरान शरीरका मांसपेशीहरू अत्यधिक सक्रिय हुन्छन् । 
  • जिम वा अन्य व्यायाममा जति धेरै इफोर्ट लागेजस्तो महसुस गरिन्छ, त्यति इफोर्ट लागेजस्तो महसुस तपाईंलाई एरोबिक्स गर्दा हुँदैन । अर्थात्, तपाईं रमाइलो गर्दै अभ्यास गर्नुहुन्छ । 
  • शरीरमा रक्तसञ्चार बढाउँछ । श्वासप्रश्वासलाई तीव्र बनाउँछ र मस्तिष्कले आराम महसुस गर्छ । शरीर ऊर्जावान् हुन्छ । कोलेस्ट्रोल घटाउँछ र मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । 
  • एरोबिक्स अभ्यासपछि मानिसमा राम्रो निद्रा पर्छ । किनकि, अभ्यासका दौरान शरीरबाट पर्याप्त पसिना बगेको हुन्छ ।
  • समूहमा बसेर एरोबिक्स गर्दाको मज्जा बेग्लै छ । नयाँ साथी सर्कल बन्छ । मुड फ्रेस रहन्छ । तर, कोभिडपछि अनलाइनमार्फत एरोबिक्स सिक्नेको संख्या पनि ठूलो छ । कतिपयले युट्युबमा भिडियो हेरेर पनि एरोबिक्स गर्नुहुन्छ । एरोबिक्सले ह्याप्पी हर्मोन रिलिज गर्छ । जुनसुकै उमेरका मानिसले पनि यो अभ्यास गर्न सक्छन् । 
ad
ad