१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २७ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २७ शनिबार o७:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बढुवा भएकै वर्ष खुमलटार रेलिगेसनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २७ शनिबार o७:५३:oo

‘बी’ डिभिजन लिगको उपविजेता हुँदै शीर्ष डिभिजनमा बढुवा भएको वर्ष नै खुमलटार युथ क्लब रेलिगेसनमा परेको छ, अब थ्री स्टार र एपिएफमध्ये एक घटुवा हुनेछ 

शीर्ष डिभिजनमा प्रवेश गरेको वर्ष खुमलटार युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ । दशरथ रंगशालामा नेपाल एपिएफलाई ४–० ले हराउँदै फ्रेन्ड्स क्लबले रेलिगेसन हुनबाट जोगिएको छ । फ्रेन्ड्सलाई जित दिलाउन टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अख्रोबेक उक्तामोभले समान एक गोल गरेका थिए ।

फ्रेन्ड्ससँगको हारले विभागीय क्लब एपिएफको रेलिगेसन बढेको छ । एपिएफले शनिबार थ्री स्टार र जावलाखेल युथबीचको खेलको नजिता प्रतीक्षा गर्नुपर्छ । जावलाखेलसँग पराजित या बराबर भए पूर्वविजेता थ्री स्टार पहिलोपटक दोस्रो डिभिजनमा घटुवा हुनेछ । थ्री स्टार विजयी भए एपिएफ ०६३ पछि पहिलोपटक ‘बी’ डिभिजनमा घटुवा हुनेछ । ‘गणितीय हिसाबमा ‘ए’ डिभिजन हैसियत कायमै छ, हामी ‘ए’मा रहने वा ‘बी’ डिभिजनमा जाने निर्णय थ्री स्टारको हातमा छ,’ एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने, ‘हाम्रो ‘ए’ डिभिजन जोगिने सम्भावना कम छ ।’ 

एपिएफको लिगको सुरुवातदेखि नै स्थिर प्रदर्शन हुन नसकेको उनले बताए । ‘लिगमा सुरुवात  राम्रो भएको थियो, तर त्यसपछि हामीले खेल्न सकेनौँ,’ महर्जनले समीक्षा गर्दै भने, ‘अन्तिम दुईमा हामीलाई मौका थियो, तर हामीले मौकाको सदुपयोग गर्न सकेनौँ ।’ 

पाँच रातो कार्ड
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको तनावपूर्ण खेलमा खुमलटार चर्च ब्वाइजसँग २–० ले पराजित भयो । यो हारसँगै खुमलटार ‘बी’ डिभिजनमा घटुवा भयो । च्याम्पियन चर्च ब्वाइजलाई जित दिलाउन सुशील शाह र जोसेप बेम्पाले समान एक गोल गरेका थिए । खेलमा रेफ्री प्रज्वल क्षेत्रीले पाँच रातो कार्ड देखाए । पहिलो हाफको इन्जुरी समयमा आफूमाथि हातपातमा उत्रिएपछि प्रज्वलले खुमलटारका खेलाडी मनीष थापासहित सचिव बुद्धिबहादुर गुरुङ तथा अफिसियलहरू अन्जन राना क्षेत्री र हरिबोल राउतलाई रातो कार्ड देखाएका थिए । 

चारजना नै रेफ्री प्रज्वलमाथि हातपातमा उत्रिएका थिए । दोस्रो हाफमा रेफ्रीले खेल खेलाउन सुरक्षा व्यवस्था बलियो बनाउन माग राखेका थिए । जसका कारण खेल केही समय ढिला सुरु भयो । ४८औँ मिनेटमा चर्च ब्वाइजका गोलरक्षक प्रिसोले दोहोरो पहँेलो कार्ड व्यहोर्दै मैदान छाडे । 

लिगमा दुई करोड लगानी गरेको खुमलटारले ३४ गोल गर्दा ५४ गोल व्यहोर्‍यो । शनिबार तीन खेल हुनेछन् । संकटाले न्युरोड टिम एनआरटीको सामना गर्नेछ । मच्छिन्द्रले मनाङ मस्र्याङ्दीविरुद्ध खेल्नेछ । जावलाखेल युथले थ्री स्टारको सामना गर्नेछ ।