१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एमेच्योर खेलाडी सुवासलाई उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o५:oo

एमेच्योरका नम्बर एक खेलाडी सुवास तामाङले सदभाव आचार्यमाथि चार स्ट्रोकको अग्रता लिँदै सूर्य नेपाल प्रिमियर गल्फ उपाधि हात पारे 

नेपालका एमेच्योर नम्बर एक खेलाडी सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरकै अन्तिम प्रतियोगिताको अन्तिम दिन शुक्रबार सुवासले सात अन्डर ६५ को उत्कृष्ट स्कोर गर्दै दोस्रो स्थानका सदभाव आचार्यलाई चार स्ट्रोकले पछि पारेका थिए । सुवासले समग्रमा २१ अन्डर दुई सय ६७ को स्कोर गरेका थिए । सुवासको यो सिजनको दोस्रो र करिअरको पाँचौँ प्रोफेसनल उपाधि हो । उनले प्रोफेसनल र एमेच्योरतर्फका दुवै उपाधि हात पार्दै सिजनको अन्त्य सानदार रूपमा गरेका छन् । 

प्रोफेसनल गल्फरहरूले यसपटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन् । राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले एक अन्डर ७१ सहित समग्रमा १७ अन्डर दुई सय ७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे । उनी एमेच्योरतर्फ पनि दोस्रो भए । धरानका नीरज तामाङले समग्रमा १२ अन्डर दुई सय ७६ स्कोर गरी तेस्रो भए । प्रोफेसनलतर्फ उनी पहिलो हुँदै दुई लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन् 

साबिक विजेता शुक्रबहादुर राईले समग्रमा ११ अन्डर दुई सय ७७ स्कोर गरी चौथो स्थान प्राप्त गरे । प्रोफेसनलतर्फ उनले दोस्रो स्थान हात पारी एक लाख ७० हजार रुपैयाँ जिते । शुक्रबहादुरले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन् । यो सिजन उनले ६ लाख ३४ हजार रुपैयाँ हात पारे । भुवन नगरकोटीले समग्रमा पाँच अन्डर दुई सय ८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन पार ७२ खेल्दै भुवन पाँचाैँ भए । प्रोफेसनलमा तेस्रो स्थान रही उनले एक लाख २० हजार रुपैयाँ हात पारे । समग्रमा तीन अन्डर दुई सय ८५ स्कोरका साथ दिनेश प्रजापति छैटौँ हुँदै एक लाख प्राप्त गरे ।

सदभाव अघिल्लो दिन दुई स्ट्रोकले अगाडि
अन्तिम १८ होलको खेल बाकी छँदा सदभावले सुवासमाथि दुई स्ट्रोकको अग्रता लिएका थिए । सुवास र सदभावले फ्रन्ट नाइन समान तीन अन्डर ३३ स्कोर गरेका थिए । दुवैले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । अन्तिम नौ होलको खेल बाकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो । ब्याक नाइनमा सदभावले खेल बिगारे । १६औँ होलमा बर्डी प्रहार गरे पनि १०औँ, १३औँ र १४औँ होलमा उनले एक–एक सट खेर फाले । सुवासले १०औँदेखि १३औँ होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४औँ होलमा उनले पनि एक सट खेर फाले । पाँच पारको १५औँ होलमा इगलको निकाली उनले ब्याक नाइन चार अन्डर ३२ स्कोर गरी उपाधि आफ्नो नाममा लेखाए ।

ad
ad