१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा साहको अन्त्येष्टि

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १९:५७:oo

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर रामकेवल साहको अन्तिम दाहसंस्कार गरिएको छ । 

जनकपुरधामस्थित स्वर्गद्वारीमा डा. साहको पार्थिक शरीरको दाहसंस्कार गरिएको हो । 
जेठा छोरा धीरज साहले उनलाई दागबत्ती दिए । डा. साहको बिहीबार भारतको दिल्लीस्थित एनसिआरस्थित नारायण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

लिभर क्यान्सरबाट पीडित साह दुई महिनादेखि भारतको दिल्लीमा उपचाररत थिए । शुक्रबार बिहान डा. साहको पार्थिक शरीर जनकपुरधाम ल्याइएको हो । उनको शरीरमा प्रतिष्ठानको झन्डा ओढाएर सम्मान गरिएको छ । 

डा. साहको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिन जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, अर्थमन्त्री  सञ्जय यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, मन्त्री सुरिता साह, माओवादी नेता मातृकाप्रसाद यादव, जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह, पूर्वमेयर लालकिशोर साहलगायत पुगेका थिए । 

उनीहरूले मधेसले एक सच्चा सुपुत्र  गुमाएको भन्दै स्वास्थ्य तथा राजनीतिक चिन्तनका थिंकट्यांकको अभाव लामो समयसम्म रहने बताए । ६९ वर्षीय साहले करिब दुई दशकदेखि मधेसको मुद्दा र मधेस आन्दोलनको पक्षमा थिंकट्यांकका रूपमा काम गर्दै आएका थिए । 

तीन वर्षअघि मधेस सरकारले उनलाई मधेसको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेस सरकारको स्वास्थ्य सल्लाहकार हुँदै प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । कोरोनामा कालमा उनले मधेस सरकारलाई निकै सघाएका थिए । 

धनुषाको सबैला नगरपालिका स्थायी घर भएका साह हाडजोर्नीका विशेषज्ञ चिकित्सक थिए । 
साहको निधनको शोकमा प्रतिष्ठानले एक साता झन्डा झुकाउने निर्णय गरेको प्रतिष्ठानका रजिस्ट्रार विनोद यादवले जानकारी दिए । उनले डा. साहको निधनले मधेसलाई मात्र नभई नेपाललाई नै ठूलो क्षति भएको विचार व्यक्त गरे ।