१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २५ बिहीबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २५ बिहीबार १६:४७:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउनै मुस्किल भएको बताएका छन्।

बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आफूहरूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको भट्टराईको भनाइ छ। 

‘देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ। यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ। त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न संकल्पसहित हिँडेका अगुवाहरूको यो पार्टी हो। पुराना र नयाँ भुल्काका रूपमा उदाइरहेका शक्तिहरूभन्दा फरक नेपाल समाजवादी पार्टी हो भन्ने कुरा यहाँ राख्नेछौँ,’ उनले भने।