१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २७ शनिबार
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
२o८o श्रावण २७ शनिबार ११:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरणमा म छानबिनका लागि तयार नै छु : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o श्रावण २७ शनिबार ११:४७:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफू प्रधानमन्त्री हुँदा आफूले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफू सघाउन तयार रहेको भट्टराईले बताएका छन्।

पार्टीले सञ्चालन गरेको अभियानलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलनमा ललितानिवास जग्गा प्रकरणमा आफू छानबिनका तयार रहेको बताएका हुन् । ‘म प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्को एउटा निर्णय भएको रहेछ ।’ उनले भने, ‘यो विषयमा छानबिन भयो भने म सघाउन तयार छु ।’

लतिलानिवासको जग्गा प्रकरणमा त्यो निर्णयले राज्यलाई हानी नोक्सानी भएको भए त्रुटी भएको भए आफू त्यसका लागि तयार नै रहेको भट्टराईले बताए । 

शासकीय स्वरूप बदल्नुपर्ने अवस्था आइपुगेको बताएका छन् । प्रत्यक्ष प्रणालीमा जानुपर्ने भट्टराईले बताए । ‘केन्द्रमा प्रत्यक्ष प्रधानमन्त्री र प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री बनाउनु बनाउनुपर्छ ।’ उनले भने, ‘सांसदहरू पनि जातीय क्लस्टरअनुसार प्रतिस्पर्धा गराउनुपर्छ।’ अहिले कसैको पूर्ण बहुमत नभएका कारणले गठबन्धन जुनसुकै वेला भत्किन सक्ने भट्टराईले बताए।

देशमा भएका भ्रष्टाचारका काण्ड बहुदलीय व्यवस्थादेखि काण्ड घट्ने गरेको अहिले पनि शक्ति हुँदा काण्ड हुने गरेको त्यसको अन्त्यका लागि अब उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो। ‘बहुदलीय व्यवस्था आएदेखि २०४६ सालदेखि अहिलेसम्म काण्डै काण्ड नै भएका छन्।’ उनले भने, ‘ती काण्डहरूको स्वतन्त्र छानबिन गरेर दोषी देखिए सबैलाई कारबाही गरौँ।’