१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाबुराम भट्टराईको पार्टीका सांसद माओवादीकै अभिलेखमा रहने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:४५:oo

संघीय संसद् सचिवालयले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई छुट्टै संसदीय दलको मान्यता दिन अस्वीकार गरेको छ ।आफ्ना सांसदलाई माओवादी केन्द्रको संसदीय दलबाट हटाएर नेसपा संसदीय दलको कायम गरिदिन अध्यक्ष भट्टराईले संसद् सचिवालयमा निवेदन दिएका थिए । सभामुख देवराज घिमिरेले निवेदनमा निर्णय सुनाउँदै नेसपालाई छुट्टै दलको मान्यता दिन कानुनले नमिल्ने र माओवादी संसदीय दलकै अभिलेखमा सांसदहरू रहने जानकारी गराएका हुन् ।

‘छुट्टै दलको मान्यता सम्बन्धमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९(३) ले एउटै चुनाव चिह्न लिएर लडेका दलहरूमा जुन दलले बढी सिट जितेर ठूलो हुन्छ, त्यही संसदीय दलको सदस्य हुनेछ भन्ने व्यवस्था रहेको छ,’ संसद् सचिवालयका कानुन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमले भने, ‘एउटै चुनाव चिह्नले लडेका दलले दुइटा संसदीय दलको परिकल्पना नगरेको हुनाले संसदीय दलको सन्दर्भमा एउटै मात्र संसदीय हुने र जुन ठूलो छ, त्यही हुने कानुनी व्यवस्थाबमोजिम निर्णय गरेर जानकारी गराइएको हो ।’  

माओवादीको हँसिया हतौडा चुनाव चिह्नबाट प्रतिनिधिसभामा नेसपामा दुई सांसद निर्वाचित छन् । सर्लाही– ३ बाट महिन्द्रराय यादव निर्वाचित हुन् भने उमरावती देवी बारा– २ बाट समानुपातिक सांसद छन् । प्रदेश सभातर्फ बागमतीको सिन्धुली २‘ख’ बाट गंगानारायण श्रेष्ठ र गोरखा २‘ख’ बाट फणिन्द्र देवकोटा निर्वाचित भएर माओवादी दलबाटै संसदीय गतिविधि गरिरहेका छन् । प्रतिनिधिसभाको हकमा नेसपाका सांसदहरूले माओवादी संसदीय दलबाटै संसदीय गतिविधि गर्नुपर्ने निर्णय सभामुख घिमिरेले सुनाएका हुन् । 

ad
ad