१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख आफैँले नियमावली उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिनअघिको बैठकमा प्रधानमन्त्रीलाई रोस्ट्रममा उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका हुन्। 

उनले सभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टीकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गरे। उनले प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गरे। 
 
उनले भने, मैले भन्नैपर्छ, अस्ति रोस्ट्रमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदै जाँदा यहाँहरूको मागबमोजिम, अघिल्लो दिन यहाँहरूले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरूको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र, उहाँले जवाफ दिनुपर्छ । तपाईंहरूले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोस्ट्रममा उभिँदाखेरि उहाँले जवाफ दिन पाउनुभएन । तपाईंहरूले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो । सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरू स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ । हामी संविधानको मातहतमा रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधिसभा नियमावलीको उल्लंघन गर्नुभएको छ।’ 

सांसद दाहालले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताए।  उनले बेथिति र समस्याहरूको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागी रहेको उल्लेख गरे। 

उनले भने, ‘तपाईंहरू योभन्दा पहिला फुत्त अरू कुनै ठाउँमा हुनुहुन्थ्यो, अहिले आउनेबित्तिकै बेथितिको चाङ देख्नुभयो ? तपाईंहरू पनि सरकारमा सहभागी हुनुहुन्छ, लामो समयदेखि सत्ताको नेतृत्व गर्नुभएको छ । बेथितिको चाङमा, यो समस्याको चाङमा तपाईंहरूको पनि सहभागिता छ । तपाईंहरूले पनि स्वामित्व लिनुपर्छ । सबै मिलेर यी सबै बेथिति, अराजकता, अनुशासनहीनता सबैको अन्त्य गर्नुपर्छ । यसको निम्ति कोही राम्रा कोही नराम्रा भनेर पन्छिन पाइँदैन।’

उनले देशमा भएका समस्याहरूको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहीनताको अन्त्य गर्नुपर्ने बताए।