१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षित आवास कार्यक्रमका लागि मकवानपुरमा ८५६ लाभग्राही छनौट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

सुरक्षित नागरिक आवास कार्यक्रमका लागी मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पालिकाहरुबाट ८५६ लाभग्राही छनौटमा परेका छन् ।सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले यस निर्वाचन क्षेत्रका थप ३८६ लाभग्राहीको छनौट गरेसँगै छनौट भएका कुल लाभग्राहीको संख्या ८६५ पुगेको हो । 

छनौटमा परेका लाभग्राहीहरुले सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत घरको छाना छाउन ७५ हजार रुपैयाँ अनुदान पाउने छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर- २ अन्तर्गत थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ का लाभग्राही छनौटमा परेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिए ।

कार्यक्रम अनुसार चालू आर्थिक वर्ष २०७९/८० का लागि यसअघि समितिले कुल एक हजार २४८ घरधुरी स्वीकृत गरेकोमा कैलाश गाउँपालिकाबाट १२५, राक्सिराङ गाउँपालिकाबाट १६६, हेटौँडा उपमहानगरपालिकाबाट १४१, थाहा नगरपालिकाबाट ३८, र गरी ४७० लाभग्राही छनोटमा परेका थिए ।

लाभग्राही छनौट भई स्थानीय तहले अनुदान सम्झौता गरेकालाई जस्तापाता, काठ लगायतका घर बनाउने सामग्री खरिद गर्न पहिलो किस्तामा अनुदानको ६० प्रतिशत र बाँकी ४० प्रतिशत अनुदान रकम काम सम्पन्न भएपछि स्थानीय तहको प्राविधिक प्रतिवेदनसहित सिफारिसका आधारमा भुक्तानी दिने जिसस प्रमुख घलानले जानकारी दिए। 

लाभग्राहीले बसोबास गर्दैआएको घरको छाना पराल, खर वा यस्तै प्रकृतिकाे आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुने अन्य सामग्रीबाट छाएको हुनुपर्ने प्रमुख घलालनले बताए ।