मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २३ मंगलबार १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसक्यो : केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १८:२५:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकिर गरेका हुन्। बहुमत भएकाले संसदबाट बजेट पारित गरे पनि त्यसले कुनै परिणाम नदिने ओलीको दाबी छ।

‘यो सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाएको छ। मुलुकको अर्थतन्त्रको नेतृत्व यो सरकारले गर्न सक्दैन। सक्छ भनेर बहस गर्नुहोला। सक्छ भनेर पास गर्नुहोला। अर्को वर्ष परिणाममा हेर्नुहोला। उत्साह, जाँगर र दृढ निश्चय सरकारसँग छैन भन्ने अब छर्लङ्ग भइसकेको छ। सरकार यथार्थपरक होइन यथास्थितिवाद। अग्रगमन होइन, पश्चगमनको मार्गमा छ, नेपाललाई विकसित देशमा रूपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवनस्तरमा पुर्‍याउन नसक्ने आफैँ स्वीकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामर्थ्यको अवमूल्यन गरेको छ,’ उनले भने।