१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले जवाफ दिइरहँदा एमाले सांसदले जनाए आपत्ति, झुट बोलेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

सोमबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर एमाले सांसदहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणबारे जानकारी गराउँदै गर्दा एमाले सांसद सूर्यबहादुर थापाले बीचमै उठेर आपत्ति जनाए।

सभामुखले नियमअनुसार प्रधानमन्त्रीले बोलिसकेपछि समय लिएर बोल्न आग्रह गरे पनि उनले विरोध जनाइरहे। सभामुखले समय दिएपछि थापाले प्रतिनिधिसभा विघटन भएर नयाँ आएपछि विचाराधीन विषयहरू निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको भन्दै प्रधानमन्त्रीले झुट बोलेको दाबी गरे।

प्रधानमन्त्रीले संसद् अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले एउटा सदनले पारित गरेको विषय अर्को सदनले मान्दिनँ भन्न नपाउने बताएका थिए। ‘संसद् पनि अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । एउटा सदनले विधिसम्मत ढंगले पारित गरेको विषयलाई अर्को सदनले अन्यथा निर्णय गर्नुभन्दा बाहेक मान्दिनँ भन्न पाउँदैन र मिल्दैन।’

एमाले सांसद थापाले यस विषयमा झुट बोलेको आरोप लगाएपछि प्रधानमन्त्रीले प्रमाणीकरण भएको नागरिकता विधेयक अघिल्लो संसद्ले दुईपटक पारित गरिसकेको र विचाराधीन विषय नभएको प्रस्ट पारे। 

‘सम्माननीय सभामुख महोदय मलाई यो कुराको राम्रो जानकारी र हेक्का छ। सदनमा प्रस्तुत भएका, छलफल हुन नसकेका या पारित नभएका विधेयकहरू शून्यमा परिणत हुन्छन्। त्यो मलाई हेक्का छ । तर, यो विधेयकको सम्बन्ध दुई–दुईपटक सदनबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको विधेयकको कुरा हो यो,’ उनले भने ।