१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २२ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत भ्रमणबारे उठेका प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २२ सोमबार ११:५९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। 

उनले साेमबारकाे प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनेमा केन्द्रित रहेको जानकारी गराएका हुन्।  

उनले भ्रमणमा दुईपक्षीय व्यापार, ऊर्जा, लगानी र पूर्वाधार निर्माणका लागि अर्थपूर्ण प्रतिबद्धता व्यक्त भएको जानकारी गराए। 

भ्रमणमा ऊर्जा, सीमा विवाद, हवाई रुटलगायतका विषयमा महत्वपूर्ण सहमति भएको उनले संसद्लाई जानकारी गराए। 

यस्तै, जलविद्युतमा सहकार्य गर्ने, दीर्घकालीन ऊर्जा व्यापारमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौताको नजिक पुगेको उनले बताए।