१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५५:oo

कस्तो मेकअप गर्ने ? 
गर्मी मौसममा ‘वाटरप्रुफ मेकअप’ (पानीले नबिगार्ने) गर्न आवश्यक छ । पानी र पसिनाका कारण नबिग्रिने किसिमले मेकअप गर्नुपर्छ । सकभर ‘हेभी मेकअप’ गर्नुहुँदैन । आँखामा गाजलको सट्टा हल्का आइस्याडो, वाटरप्रुफ वा म्याट मस्कारा लगाउन सकिन्छ । बाहिर निस्कनुभन्दा आधा घन्टाअघि सनब्लक अनिवार्य लगाउनुपर्छ । त्यस्तै, मोस्चराइजरको प्रयोग पनि गर्न सकिन्छ । 

कस्तो हेयर स्टाइल बनाउने ?
गर्मीको मौसममा लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ, जसले आकर्षक लुक्स पनि दिन्छ । 

गर्मी मौसममा बढी हावा चल्ने र धुवाँ–धुलो उड्ने भएकाले कपाल सुक्खा वा फुस्रो देखिन्छ । यसर्थ, स्टाइलिस कपाल रुचाउनेले छोटो कपाल अर्थात् ‘समर कट’ गर्दा उपयुक्त हुन्छ । यसले व्यवस्थापनमा सहजतासँगै फेसनेबल देखाउनसमेत मद्दत गर्छ ।

ad
ad