१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण म्याराथन : पुरुषतर्फ बुढा र महिलातर्फ भण्डारीलाई उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

पुरुषतर्फ जुम्लाका धिराबहादुर बुढा र महिलातर्फ जुम्लाकी गनाना भण्डारीले तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन २०८० को उपाधि जितेका छन्।

पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपूर्ण पदमार्गमा शनिबार सम्पन्न म्याराथनमा सहभागी पुरुषतर्फ ४४ र महिलातर्फ १० जनालाई पछि पार्दै बुढा र भण्डारीले उपाधि हात पारेका हुन्। म्याराथनमा दुई विदेशी, ११ महिलासँगै ५६ धावकले प्रतिस्पर्धा गरेका थिए।

जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा सम्पन्न म्याराथनको निर्धारित दूरी पुरुषतर्फ बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेन्ड र महिलातर्फ भण्डारीले ५ घण्टा ४३ मिनेट ३ सेकेन्डमा पार गरे।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले निर्धारित दूरी ४ घण्टा १२ मिनेट १९ सेकेन्डमा पूरा गर्दै दोस्रो र सेनाकै वेदबहादुर सुनारले ४ घण्टा १६ मिनेट ४८ सेकेन्ड पार गर्दै तेस्रो भए। महिलातर्फ रसिला तमाङले ६ घण्टा ५ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन्।

४२.१९५ किलोमिटरको म्याराथन चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको थियो।

खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गरेको आयोजक समितिका अध्यक्ष ललित गुरुङको भनाइ छ। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी विश्वका ८ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमानी राखेका थिए। सोही दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ।

प्रतियोगितामा पुरुषतर्फ विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार नगदसँगै पदक र प्रमाणपत्र पुरस्कार पाए। महिलातर्फ प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजारसँगै पदक र प्रमाणपत्र पाएका प्रचार संयोजक टंक अधिकारीले जानकारी दिए।