
एमालेले केन्द्रीय कमिटीमा १३ जना सदस्य थपेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा सदस्य थप गरेको हो ।
थपिएका केन्द्रीय सदस्यमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहलगायत छन् ।
बैठकले वरिष्ठ उपाध्यक्षसहित सातजना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।
योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा बादल संयोजक तोकिएका छन् ।
यस्तै, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन् ।
बैठकले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । कोसीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल तोकिएकी छिन् । कर्णाली इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् ।