१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुली दुर्घटना : सुनकोसीमा बेपत्ता तीनजनाको पहिचान खुल्यो [अपडेट] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o८:oo

सुनकोसी नदीमा आज बिहान ११ बजे आसपासमा स्कारपियो खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुलेको छ। 

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ७ लौकुन नभघाटबाट सुनकोसी नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कारपियोमा चारजना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए। बाँकी तीनजना अझै बेपत्ता छन्। 

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका– ९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका– ७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका– ५ घर भई हाल विद्युत् प्रशिक्षकका रूपमा कार्यरत भानु पौडेल रहेको प्रहरीले जनाएको छ। 

गाडी सडकबाट करिब एक सय ५० मिटर तल रहेको सुनकोसी नदीमा खसेको थियो। घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। बेपत्ताहरूको खोजीकार्य जारी छ। रासस