१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ बजेटमा समेटिएन रारा ताल जाने नाग्म–गमगढी सडक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

संघ सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा रारा ताल जाने नाग्म–गमगढी सडक समेटिएन। यो सडक स्तरोन्नति नहुँदा सवारी  दुर्घटना हुने गरेका छन्।

वर्षौँदेखि स्थानीय र पर्यटकले समेत सास्ती पाउँदा पनि दुर्गम जिल्लाको सडकले बजेटमा स्थान नपाएकोमा यहाँका स्थानीय असन्तुष्ट छन्। कर्णाली राजमार्ग हुँदै नाग्म–गमगढी सडक भएर नेपालकै सबैभन्दा गहिरो रारा ताल पुगिन्छ। यो सडकले जुम्लाका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकालाई जोडेको छ।

याे सडक खुलेको लामो समय भइसक्दा पनि कालोपत्रे नहुँदा हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने गरेको छ।कनकासुन्दरी गाउँपालिका– १ का वडाध्यक्ष भीम भण्डारी स्तरोन्नति नहुँदा नाग्म–गमगढी सडक भएर रारा ताल पुग्ने पर्यटक पुनः फर्केर यही बाटो नआउने गरेको बताउँछन्।

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल नयाँ बजेटमा नाग्म–गमगढी सडकमा बजेट विनियोजन नहुनु अत्यन्तै दुःखद रहेको बताउँछन्। ‘जुम्ला र मुगुबाट प्रतिनिधित्व गर्नुहुने सांसदले तत्काल यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गरेर संशोधन हाल्नुपर्ने देखिन्छ,’ उनले भने, ‘संसदमा बोलेर मात्र हुँदैन, प्रभावकारी समन्वयको आवश्यकता छ। यो सडक संघीय सरकारअन्तर्गत भएकाले प्रदेशले रकम विनियोजन गर्दैन।’