१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन्।

ठूला-ठूला भ्रष्टाचारीहरूलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किराँतीले उनीहरूलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन्। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरूलाई भने खोज्नुपर्ने बताए। 

मन्त्री किराँतीले सहिदमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए। 

उनले भने, ‘हामीले भ्रष्टाचारको विरुद्ध लाग्नै पर्दछ। हिजो हामी सुन्थ्यौँ–ठूला माछाहरू छ नेपालमा। यी ठूला माछाहरू समाउन सकिएका छैनन्। भ्रष्टाचारको कुरा गर्‍यो भने खोल्साखाल्सीमा रमाउने गँगटो, भ्यागुता र चेपाहरू मात्रै पक्रन्छन्। ठूला माछाहरू उम्किन्छन् भन्थे। अब हामीले यो भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने, युद्ध छेडने, समृद्ध नेपालको निम्ति संकल्प गर्ने अनि मात्रै सहिदले देखाएको बाटोमा हाम्रा पाइलाहरू अगाडि सर्न सक्छ। अन्यथा सहिदको बलिदानबाट आएको यो व्यवस्थाको रक्षाका लागि  यसका विरुद्धमा लड्न सकेनौँ भने सहिदमाथि अपमान हुनेछ।’

त्यस अवसरमा मन्त्री किराँतीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे।