१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गणतन्त्र राजाबाट नभई राजनीतिक दलबाटै खतरामा छ : डा कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o२:oo

नेपाली कांग्रेसका नेता डा‍‍‍. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन्। नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप  ठीक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताए । 

उनले भने, ‘राजाका गतिविधि हुनेबित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौँ, तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ।’

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए। 

कांग्रेस पार्टीबारे नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न उनले कार्यकर्तालाई निर्देशन दिए।