१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरमा पहिचानवादीको प्रदर्शन सुरु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

कोसी प्रदेश नाम खारेजीको माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन थालेका छन्। 

आइतबारदेखि कोसी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएसँगै विराटनगरकेन्द्रित आन्दोलन घोषणा गरेका पहिचानवादीहरूले प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शन थालेका हुन्। 

प्रशासनले आन्दाेलनमा हिंसात्मक गतिविधि हुने भन्दै प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका स्थानमा शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ।

प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएसँगै विराटनगरकेन्द्रित आन्दोलन घोाषणा गरेका पहिचानवादीहरूले प्रशासनले निषेधाज्ञा जारी गरे पनि जिल्ला प्रशासननजिकै सहिद रंगशालाबाट नाराबाजी गर्दै प्रदर्शन थालेका छन्।

यसअघि भएको तीनवटा प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई दर्जन प्रहरी र प्रदर्शनकारी घाइते भइसकेका छन्। एकजनाको मृत्यु पनि भइसकेको छ। यसैले आइतबार प्रशासनको निर्देशनमा प्रहरीले बिहानैदेखि निषेधाज्ञा उल्लंघन गरेको भन्दै ३० जना पहिचानवादी नेता र कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ। 

कोसी प्रदेश सभाको बजेट अधिवेशन अहिले दिउँसो २ बजेदेखि बस्ते कार्यसूची छ। पहिचानवादीको आन्दोलनले गर्दा अधिकांश सांसद समयअगावै टिफिन बोकेर प्रदेश सभा भवन प्रवेश गरिसकेका छन्।