१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
वन्यजन्तुका लागि बाँके राष्ट्रिय निकुञ्जभित्रको पोखरीमा सोलारमार्फत हेन्डपम्पको पानी तान्दै । तस्बिर : नयाँ पत्रिका
Invalid date format o९:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाँके निकुञ्जमा वन्यजन्तुका लागि पानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५७:oo

बाँके राष्ट्रिय निकुञ्जमा रहेका ८० वटा पोखरीमा पानीका लागि डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएको छ । अत्यधिक गर्मीसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल)को आर्थिक सहयोगमा बाँके निकुञ्जले पोखरीमा पानीको व्यवस्था गरेको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार प्राकृतिक र मानवनिर्मित पोखरीमा पानीको व्यवस्थाका लागि सोलारमार्फत डिप बोरिङ र हेन्डपम्पको व्यवस्था गरिएपछि अब निकुञ्जभित्रका वन्यजन्तुका लागि सहज हुनेछ ।

‘प्राकृतिक ताल र पोखरीलाई व्यवस्थित गरेर ड्याम बनाएर बग्ने पानीलाई संग्रह गरिएको छ,’ साहले भने, ‘यसले निकुञ्जभित्रका वन्यजन्तु पानीका लागि बाहिर जानुपर्ने बाध्यता हट्नेछ ।’ तालका सहनिर्देशक कमलराज राईले पछिल्ला दुई वर्षमा पाँचवटा पोखरीमा पानीको व्यवस्थापनको काम भइरहेको बताए ।

बाँके निकुञ्ज क्षेत्रमा २५ वटा पाटेबाघ रहेको सरकारी तथ्यांक छ । तत्कालीन वन्यजन्तु आरक्षलाई ०६७ मा निकुञ्ज बनाइएको हो । यहाँ चौका, चित्तल, नीलगाईको संख्या पनि बढेको छ ।