१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कीर्तिमानी आरोही बुढामगरलाई अध्यक्ष तिमिल्सिनाकाे सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१३:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेका छन्। अध्यक्ष तिमिल्सिनाले उनकै कार्यालय सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहित उनको टोलीलाई सम्मान गरेका हुन्। 

सम्मान गर्दै अध्यक्ष तिमिल्सिनाले बुढामगरले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर सबैको प्रेरणाको स्रोत भएको बताए। 

उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए। उनले भने, 'सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नुगर्छ। उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ।'

बुढामगरले सम्मान  गरेपछि  हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताए। उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरूलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए। 

शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो।

बुढामगरले यही ०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए। यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन्। 
 
(प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झन्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए। रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।