१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशबाहिर रहेका नेपालीका लागि परराष्ट्र सेवा विस्तार गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

परराष्ट्रमन्त्री एनपी साउदले देशबाहिर रहेका नेपालीहरूका लागि परराष्ट्र सेवा विस्तार गर्नुपर्ने बताएका छन्।  

परराष्ट्र सेवा दिवसका अवसरमा राहदानी विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले स्रोत, साधनको सीमितता भए पनि अस्थायी वा स्थायी रूपमा विदेशिएका नेपालीलाई सेवाको दायरामा ल्याउनुपर्नेमा जोड दिए। 

'स्रोत, साधनको अभाव छ। तर, पनि बाहिर गएका नेपालीलाई हेर्नुपर्ने हाम्रै दूतावास, नियोग र कर्मचारीले हो। जनसंख्याको ठूलो भाग विदेशिएको छ। १०/१२ खर्बको पुँजी भित्र्याएका छन्। उनीहरूलाई आफ्नो सेवाभित्र ल्याउनुपर्छ,' उनले भने। 

स्रोत, साधनको अभिवृद्धिका लागि आफूले मन्त्रिपरिषदमा पहल गरिरहेको भन्दै मन्त्री साउदले प्रधानमन्त्री र दलका नेताहरू सकारात्मक रहेको बताए। 

परराष्ट्र क्षेत्र मुलुकको अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै मन्त्री साउदले विश्वमा, क्षेत्रमा भइरहेका परिवर्तन तथा जनताका आकांक्षालाई समेटेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

नेपालको स्वाधीनता र स्वतन्त्रता अक्षुण्ण राख्ने चुनौती सधैँ रहने भन्दै यसमा परराष्ट्र सेवाको भूमिका महत्त्वपूर्ण हुने बताए। 

'राणादेखि प्रजातन्त्रसम्म आन्तरिक मामिलामा हस्तक्षेप नहोस्, स्वतन्त्रता, राष्ट्रिय एकता अक्षुण्ण राख्न सबै सरकारको संवेदनशीलता रह्यो। परराष्ट्र नीतिको कुरा नीतिगत रूपमा कमीकमजोरी छन्। कमीकमजोरीबाट मुलुकले बेहोर्न सक्ने क्षतिबारे हामीले अनुमान लगाउन सक्नुपर्छ। यो जिम्मेवारी परराष्ट्र सेवाका साथीको काँधमा छ,' उनले भने। 

मन्त्री साउदले आर्थिक उपलब्धि हासिल गर्ने अर्को चुनौती रहेको बताए। '६० वर्षअघि नेपाल, भारत र चीनको करिब अवस्था उस्तै थियो। गरिबी थियो। अहिले दुवै छिमेकी विश्वमै अगाडि गइरहेका छन्,' उनले भने, 'यसमा परराष्ट्र सेवाको महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले आर्थिक समृद्धिको आकांक्षा र जनताको आकांक्षा हासिल गर्नुपर्नेछ। विदेशिने क्रम रोक्न यी तमाम आकांक्षा पूरा गर्नुपर्छ र तब मात्रै हाम्रा नीतिहरूको अर्थ हुन्छ।'

सेवामा चुनौती रहेको भन्दै देशलाई केन्द्रमा राखेर काम गर्‍यो भने यो दिवसले सार्थकता र ऊर्जा दिने उनको भनाइ थियो।