मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १० बुधबार
  • Friday, 14 August, 2026
संजित परियार काठमाडौं
२o८o जेठ १० बुधबार १६:५७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शरणार्थी ठगी प्रकरणका आरोपीहरू मुद्दा दर्ताका लागि अदालतपरिसरमा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार १६:५७:oo

२७ करोड ८१ लाख बिगो दाबी गर्दै नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ। २७ करोड ८१ लाख बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो। 

२२७१ दर्ता नम्बर रहेको उक्त मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग दाबी गरिएको छ। 

यस प्रकरणमा एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री  बालकृष्ण खाण, पूर्वसभासद् आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललगायत संलग्न छन्।