Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवराज मैनाली काठमाडाैं
२०८० जेठ १० बुधबार ०७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरुवा–बढुवादेखि सुन तस्करीसम्म

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० जेठ १० बुधबार ०७:५५:००

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट गृह मन्त्रालयमा भएका अन्य अवैध गतिविधिका विवरण पनि प्रहरीले फेला पारेको छ । ह्वाट्सएप च्याटमा बिचौलिया केशव दुलाल र उनीबीच शरणार्थी प्रकरणमा आर्थिक लेनदेनका कुरा मात्र होइन, प्रहरी अधिकारीहरूको सरुवालगायतका विषयमा पनि छलफल भएको पाइएको छ ।

दुलालले आफूनिकट नेपाल प्रहरीका एक एसपीलाई एसएसपीमा बढुवा गरिदिन भनेका छन् । त्यसबापत उनले ‘केही आर्थिक सहयोग पनि गर्ने’ उल्लेख गरेका छन् । सचिव पाण्डेले ‘हुन्छ’ भनेर जवाफ दिएका छन् । त्यति मात्र होइन, दुलालले विमानस्थलबाट सुन तस्करीको लाइन मिलाइदिन पनि आग्रह गरेका छन् ।

त्यसलाई पनि पाण्डेले अस्वीकार गरेका छैनन् । ‘प्रहरीले नमान्ने भएकाले गाह्रो हुने’ जवाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेले नै दुलालसँग आर्थिक लेनदेन गरेका थिए । आफूले एक करोड २४ लाख लिएर तत्कालीन मन्त्री बालकृष्ण खाणलाई बुझाएको उनको दाबी छ ।

पूर्वगृहमन्त्री खाणको मोबाइलबाट डेटा रिकभर गर्न प्रहरीले सकेन 

अनुसन्धानमा तानिएपछि पाण्डेले सबै च्याट डिलिट गरे पनि प्रहरीले फरेन्सिकबाट रिकभर गरेको थियो । पूर्वगृहमन्त्री खाणको मोबाइलबाट भने डेटा रिकभर गर्न प्रहरीले सकेन । सचिव पाण्डेले बयानमा दुलालसँग यी विषयमा कुराकानी भएको स्वीकार्दै सूचना लिनका लागि आफूले यसरी कुराकानी गरेको दाबी गरेका छन् ।