१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा एकको मृत्यु   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठाेक्किएर दुर्घटनामा हुँदा मंगलबार पोखरामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार काठमाडौं कपन घर भएका वर्ष १८ का सफल खतिवडा रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पोखरा महानगरपालिका वडा नम्बर ६ खहरेचोक स्थित हलल्न चोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको प्रहरीले जनाएको छ।

पोलमा ठक्कर खाएसँगै मोटरसाइकलचालक जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु बस्ने वर्ष १७ का संगम बानियाँसँगै मोटरसाइकलमा पछाडि बसेका खतिवडा घाइते भएका थिए।

घाइते उनीहरूको उद्धारपछि उपचारका लागि अस्पताल लगिएलगत्तै खतिवडालाई चिकित्सकले मृत घोषणा गरेका थिए। बानियाँको भने हाल उपचार जारी छ। उनको टाउको र घाँटीमा चोट लागेको प्रहरीले जनाएकाे छ।