१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस पाटन
Invalid date format १९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जात र धर्मका नाममा राजनीति गरे सह्य हुँदैन : ओली

Read Time : < 1 मिनेट
रासस, पाटन
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आयोजित इद मिलन तथा  संघर्षशील आवाजहरू नामक पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन्।

‘जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य हुँदैन। राष्ट्रिय एकता कायम गर्न सबैबीच सदभाव हुनुपर्छ। धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ। विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो। समृद्धि र न्यायसहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो। मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ,’ ओलीले भने, ‘देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्छ। राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनुहुँदैन। राजनीतिलाई झुट र बेइमानीको माध्यम बनाइनुहुँदैन।’