१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्टरनेटको अनुचित मूल्य वृद्धि तत्काल रोकियोस् : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:४९:oo

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायकहरूले मूल्य बढाउन लागेको भन्दै मूल्यवृद्धि रोक्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सेवामा गुणस्तरीयता र निरन्तरता नभए पनि मिलेमतोमा मूल्य बढाउन लागिएको भन्दै आपत्ति जनाएका हुन्। सेवा अवरुद्ध हुँदा सोबराबरको सेवा प्रदान गर्ने वा सो अवधिको शुल्क नलाग्ने सर्तसमेत पालना नभएको सांसद पौडेलले औँल्याए।

‘इन्टरनेटको उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन। सेवा अवरुद्ध हुँदा अवधिबराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने सर्तसमेत पालना गरिएको छैन। इन्टरनेट सेवा प्रदायकहरूले रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ। तसर्थ, इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने।