१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ ८ सोमबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पशुपतिपरिसरमा सरसफाइसम्बन्धी सचेतना सडक नाटक 

Read Time : < 1 मिनेट
२०८० जेठ ८ सोमबार १०:४४:००

गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसमा अध्ययरत विद्यार्थीले पशुपतिनाथ मन्दिरपरिसरमा सरसफाइसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन् । मैनादेवी फाउन्डेसनद्वारा आयोजित क्लिन अप प्रिमियर लिगको अवसरमा शुक्रबार उनीहरूले उक्त नाटक प्रस्तुत गरेका हुन् ।

नाटकमा वातावरणीय प्रदूषणले मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असर र सरसफाइको महत्वबारे सन्देश दिइएको थियो । नाटक प्रस्तुतसँगै विद्यार्थीले मन्दिरपरिसरमा सरसफाइ पनि गरेका थिए । कार्यक्रममा मैनादेवी फाउन्डेसनका सञ्चालक केपी खनालसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

खनालले परिवर्तनको थालनी आफैँबाट सुरु गरिनुपर्ने र जथाभावी फोहोर फाल्ने बानी त्याग्नुपर्ने बताए । क्लिन अप प्रिमियर लिग ९ वैशाखदेखि सुरु भएको सरसफाइ अभियान हो । यसमा उपत्यकाका १५ वटा क्याम्पसको सहभागिता छ । लिगमा सहभागी क्याम्पसहरूले उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउने विभिन्न अभियान सञ्चालन गरिरहेका छन् ।