१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० जेठ ७ आइतबार १५:४४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशका ६ नवनियुक्त मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
२०८० जेठ ७ आइतबार १५:४४:००

बागमती प्रदेशमा आइतबार नवनियुक्त मन्त्रीहरूले शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा आइतबार थप ६ मन्त्रीले शपथ लिएका छन्।

कांग्रेसका तर्फबाट चार र एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्रीले शपथ लिएका हुन्। योसँगै प्रदेशमा मन्त्रीको संख्या १२ पुगेको छ। आइतबार मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा कांग्रेसका तर्फबाट रामकृष्ण चित्रकार, पुकार महर्जन, उत्तम जोशी र मसिना खड्का तथा एकीकृत समाजवादीका तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल मन्त्री बनेका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। प्रदेश प्रमुख शर्माले संविधानको धार १६८ को उपधारा ९ बमोजिम शपथ गराएका हुन्।

कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र  मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामकृष्ण चित्रकारको जिम्मेवारी पछि तोकिने बताइएको छ।

यसैगरी, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि प्रदेशमा माओवादीबाट मुख्यमन्त्री जम्कट्टेलसहित गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन्। कांग्रेसबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन्।