१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलहरूलाई ओलीको आग्रह– यो नीति तथा कार्यक्रम फिर्ता नलिए छक्का हानेर पठाइदिऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने दोहोर्‍याएका छन्। अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम पुनः ल्याउन सरकारसँग माग गरे।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले देशको प्रतिष्ठा बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाएर उँभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएको जिकिर गरे। ‘यस नीति तथा कार्यक्रमले एक वर्षको समय कमसेकम बर्बाद भयो देशको। यो नीति तथा कार्यक्रमले केही पनि गर्नेवाला छैन, हुनेवाला छैन। त्यसकारण यसलाई समर्थन नगर्न म अरू दलका माननीयज्यूहरू, स्वतन्त्र माननीयज्यूहररू सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।

ओलीले सत्तारूढ नेपाली कांग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने टिप्पणी गरे। उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु– यसलाई कुनै पनि हालतमा समर्थन गर्नुहुँदैन। समर्थन नगरौँ। पहिलो कुरा, सम्माननीय प्रधानमन्त्रीजीले फिर्ता लिनुस्। फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर पठाइदिनुपर्छ।’