१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४७:oo

कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ।

प्रतिनिधिसभाबाट दफावार छलफलका लागि आएको बेपत्ता पारिएका व्यक्ति छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफलका लागि शुक्रबार ११ सदस्यीय उपसमिति गठन गरिएको समिति सचिव अधिराज राईले जानकारी दिए।

समितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशील थिङ, पूर्णबहादुर घर्ती, सन्तोष परियार, रञ्जुकुमारी झा, गोमा लाभ सापकोटा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन्। उपसमितिलाई तीन साताभित्र काम सक्न समय दिइएको छ।