मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० जेठ ५ शुक्रबार १०:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस दुर्घटनामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० जेठ ५ शुक्रबार १०:४७:००

दाङमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु.२ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना.५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका– ३ फल्कापुरमा एक–आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी– ७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।  

बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र  नेपालगन्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।