१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चोरी आरोपमा एक युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o१:oo

चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले एक युवालाई पक्राउ गरेको छ । नगदसहित विभिन्न मूर्तिहरू चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय युवालाई पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार काभ्रे जिल्लाको धुलिखेल नगरपालिका– ३ कुतालका २२ वर्षीय अमृत तामाङलाई पक्राउ गरेको हो । उनलाई विभिन्न समयमा विभिन्न स्थानमा चोरी गरेको आरोप लागेको छ । 

जेठ १ गते रातिको समयमा बनेपा नगरपालिका– ६ स्थित हरिचन्द्र पोखरेलले सञ्चालन गरेको हाई भ्यु रिसोर्ट होटेलमा कोही नभएको अवस्थमा झ्याल तोडफोड गरी भित्र पसेर युरो र भियतनामी रुपैयाँ पाँच हजार, भारतीय रुपैयाँ २० हजार, नेपाली ५० हजार र बुद्धको मूर्ति, कम्प्युटर दुई थान, आइप्याड दुई थान चोरी भएको थियो । चोरी भएको उजुरी प्रहरी कार्यालयमा परेपछि हुलियाको आधारमा अमृत तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक न्यौपानेले बताए ।

प्रारम्भिक अनुसन्धानमा उनले आफूले चोरी गरेको स्वीकार गरेको न्यौपानेले बताए । बनेपा नगरपालिका– ६ स्थित जंगलमा चोरी गरी लुकाएर राखेको विभिन्न मूर्तिसहित सामग्री प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार पाल्देन लामाको मूर्ति दुई थान, गुरु रेम्बोच्छेको मूर्ति तीन थान, हरियो तारा भएको मूर्ति एक थान, मेडिसिन बुद्धको मूर्ति एक थान, सेतो ताराको मूर्ति एक थान, सरस्वतीको मूर्ति एक थान, लोकेश्वरको मूर्ति एक थान, लाफिङ बुद्धको मूर्ति एक थान, तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरू राख्ने सानो बाकस एक थान, विभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको छ । जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ad
ad