१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्तो बनाउनुस्  स्किन केयर रुटिन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२८:oo

बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई चिसो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । चिसोमा मनतातो पानीले मुख धुँदा राम्रो हुन्छ । त्यसपछि घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ ।

मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । त्यसैले, चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । छालालाई चम्किलो बनाउने उपाय फेसियल पनि हो । साताको दुईपटक फेसियल गरेर अनुहारको मृत सेललाई माडेर फाल्न सकिन्छ । 

घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ, अनुहार धोइराख्नु पर्दैन, टिस्यु पेपरले सफा गर्दा हुन्छ ।

टिस्यु पेपर तीनपटकसम्म प्रयोग गर्न सकिन्छ । दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि मोस्चराइजर क्रिम अनिवार्य लगाउनुपर्छ । किनकि, रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । 

ad
ad