१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ३ बुधबार १०:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ३ बुधबार १०:१२:००

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् ।  मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तिनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी थिइन् ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थाननजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी छिन् ।

०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।