१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विश्वासको मत असफल पार्न प्रस्ताव आएको सभामुख पाठकको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:१६:oo

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत असफल बनाउन प्रस्ताव आएको दाबी गरेका छन्।

बागमती प्रदेश सभाको आयोजनामा शनिबार चितवनको सौराहामा भएको पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले १९ चैतमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन गरेको प्रस्ताव असफल बनाउन प्रस्ताव आएको दाबी गरेका हुन्। उनले उक्त प्रस्ताव कसले गरेको हो भन्ने कुरा भने खुलाएनन्।

‘१९ गतेको विश्वासको मत असफल बनाउने प्रस्ताव आएको छ। उक्त दिन तपाईं प्रदेश सभा बैठकमा अनुपस्थित भइदिनुस् भन्ने प्रस्ताव आएको थियो। मुलुकमा अस्थिरता चाहने समूहले गरेको त्यस्तो प्रस्ताव मैले ठाडै अस्वीकार गरिदिएँ,’ उनले भने।

आफू सदनका क्रियाकलापप्रति जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले गैरजिम्मेवार प्रस्तावको ठाडै अस्वीकार गरेको दाबी गरे। सभामुख पाठकले आफ्नो गल्तीले प्रदेश मध्यावधितर्फ जान सक्ने भएकाले सचेत रहेको प्रस्ट पारे।

राजनीतिक अस्थिरताले मुलुकलाई बर्बाद बनाउने भएकाले सबै राजनीतिक दलहरू यसतर्फ चनाखो हुनुपर्ने उनको भनाइ छ। 

केन्द्रमा सत्तागठबन्धन परिवर्तन भएसँगै २३ फागुनमा प्रदेशमा पनि तत्कालीन सत्तासाझेदार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। ६ जना मन्त्री फिर्ता बोलाएर कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँग मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले यही १९ गते विश्वासको मत लिने तयारी गरेका छन्। जसका लागि उनले २ सांसद रहेको हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यलाई मन्त्री नियुक्त गरेका छन्।

११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन वा टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ। वर्तमान गठबन्धनमा मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद गरी ५६ सांसदको समर्थन रहने सत्तासमीकरणले देखाएको छ।

ad
ad