१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस बाँके
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाँकेमा आठवटा सहकारी एकीकरण

Read Time : < 1 मिनेट
रासस, बाँके
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

बाँकेका आठवटा सहकारी एकीकरण भएका छन्। कोराेनापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारी चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा साना किसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगन्जमा आयोजित कार्यक्रममा आठवटा साना किसान सहकारी संस्था अष्टम् साना किसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन्।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी– ८ स्थित साना किसान कृषि सहकारी संस्था लि, बैजनाथ– ६ स्थित लगनशील साना किसान कृषि सहकारी संस्था लि, बैजनाथ– ८ स्थित महिला साना किसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी–४ स्थित सूर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी– ५ स्थित सौगात साना किसान कृषि सहकारी संस्था लि, खजुरा– २ स्थित नवज्योति साना किसान कृषि सहकारी संस्था लि, खजुरा– ८ स्थित हातेमालो साना किसान कृषि सहकारी संस्था लि र जानकी– ६ स्थित आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था लि रहेका छन्। 

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीले नामका लागि मात्र किसान बनेर  खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए। किसान हुँ भन्ने, तर आफ्ना लागि  खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे।