१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २ मंगलबार १०:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

‘दाउरा चुलो’मा मौलिक स्वाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २ मंगलबार १०:४१:००

भक्तपुरको पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’ रेस्टुरेन्टले ग्राहकलाई मौलिक परिकार पस्कँदै आएको छ । हातले सिलौटामा पिँधेको मरमसला हालेर दाउरा–चुलोमा पकाइएका खानेकुरा सर्भ गर्ने गरिएको रेस्टुरेन्टका सञ्चालक विष्णुप्रसाद सापकोटाले बताए । काभ्रेको मण्डन–देउपुर घर भएका सापकोटाले गाउँघरकै जस्तो स्वाद पस्किने उद्देश्यसहित रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको बताए ।

‘रेस्टुरेन्टमा कालिज, लोकल कुखुरा, खसी/बोकाका परिकारलगायत सर्भ गर्ने गरेका छौँ । कालिज र लोकल कुखुरा साँगास्थित आफ्नै फार्मबाट ल्याउने गरेको छु,’ उनले भने, ‘बिदाका दिन ग्राहकको बाक्लै भिड लाग्ने गर्छ, धेरैले कालिज र लोकल कुखुरासँग भात/ढिँडो खान रुचाउँछन् । हामी पूर्णतः मौलिक स्वाद पस्किने गर्छौं ।’ 

काठमाडौंबाट करिब २० किलोमिटर र फन भ्याली पार्कबाट पाँच सय मिटर दूरीमा रहेको यो रेस्टुरेन्ट स्टिल स्ट्रक्चर र बाँसबाट तयार गरिएको छ । दुई तलाको रेस्टुरेन्टमा एकैपटक सयजनाभन्दा बढीलाई सेवा दिन सकिने सापकोटाले बताए । रेस्टुरेन्टमा क्याम्प फायर तथा बालबालबालिका खेल्नका लागि अलग स्पेसको व्यवस्था पनि छ । 

सहरमा उकुसमुकुस भएर बसेका मानिसहरू पाहुना बनेर आउने गरेको सापकोटाको अनुभव छ । ‘अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौं आवातजावत गर्ने धेरै यात्रु यहाँ पसेर खाना खाने गर्छन् । सुकुटे, दोलालघाटलगायत ठाउँमा बिदा मनाउन जानेहरू पनि रेस्टुरेन्ट छिर्ने गर्छन्,’ सापकोटाले भने, ‘बिहान दाउरा चुलोमा ब्रेकफास्ट खाएर सुकुटे जान्छन्, साँझ सुकुटेबाट फर्किंदा यहीँ खाना खाएर घर फर्किन्छन् ।’