मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० जेठ २ मंगलबार ०८:२६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चार खेलअघि नै बार्सिलोना च्याम्पियन

Read Time : < 1 मिनेट
२०८० जेठ २ मंगलबार ०८:२६:००

बार्सिलोनाले चार खेलअगाडि नै स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले आइतबार राति स्पोनोयललाई ४–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । सन् २०१९ पछि बार्सिलोनाले ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । एलेजान्ड्रो ब्लेड र ज्युल्स कोन्डेले समान एक गोल गरेका थिए । स्पोनोयलका लागि जाभियर पुवाडो र जोसेलुले समान एक गोल फर्काए । 

बार्सिलोनाको यो २७औँ पटक ला लिगा उपाधि हो । प्रशिक्षक जाभी हर्नान्डेज टोलीको मुख्य प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलोपल्ट ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाले ३४ खेलबाट ८५ अंक बटुलेको छ । स्पोनोयलले ३४ खेलबाट ३१ अंक जोडेको छ । स्पोनोयल १९औँ स्थानमा छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १४ अंकले पछि पारेको छ । बार्सिलोनाले बाँकी चार खेलमा हार वा रियलले सबै चार खेलमा जिते पनि उपाधि जित्न सक्दैन । रियल म्याड्रिडले ७१ अंक बनाएको छ । 

उपाधि रक्षा गर्न नसकेको रियल म्याड्रिडले चालू सिरिजमा महत्वपूर्ण खेल गुमाएको थियो । चार वर्षअघि बार्सिलोनाले उपाधि जित्दा रियल म्याड्रिड दोस्रो स्थानमा थियो । सन् २०२१ मा एट्लेटिको म्याड्रिडले उपाधि उचाल्दा रियल म्याड्रिड दोस्रो भएको थियो । गत वर्ष बार्सिलोना उपविजेता बनेको थियो । 

पहिलो हाफमै तीन गोल
बार्सिलोनाले पुछारमा रहेको स्पोनोयलविरुद्ध मध्यान्तरअघि नै ३–० को अग्रता लियो । जसमा पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले दुई गोल गरेका थिए । आरसिडिई रंगशालामा खेलको ११औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको २०औँ मिनेटमा एलेक्स बाल्डेले बार्सिलोनालाई २–० को स्थितिमा राखे । खेलको ४०औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले मध्यान्तरअघि ३–० को अग्रता लिन सफल भयो । खेलको ५३औँ मिनेटमा कुन्डेले बार्सिलोनालाई ४–० को बलियो स्थितिमा राखे ।