दुई विभाग अनुगमन गर्दै उद्योगमन्त्रीले भने - ‘हामी त आउँछौँ जान्छौँ, तपाईंहरू स्थायी सरकार हो’

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कसैको दबाबमा नपरी काम गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

आइतबार नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमन गर्ने क्रममा उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। 

सचिव, महानिर्देशक या स्वयं म आफैँले पनि कुनै अनुचित काम गर्न दबाब दिएँ भने त्यो काम नगर्नुहोला,’ मन्त्री रिजालले भने। उनले सेवाग्राहीलाई झन्झटरहित सेवा उपलब्ध गराउन आग्रह गरे। 

मन्त्री रिजालले आइतबारै खानी तथा भूगर्भ विभागको पनि अनुगमन गरे। देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै उनले पारदर्शी भएर काम गर्न आग्रह गरे। 

‘हामी त आउँछौँ जान्छौँ, तपाईंहरू स्थायी सरकार हो, हामीले त गाइडलाइन दिने हो, काम गर्ने तपाईंहरूले हो,’ मन्त्री रिजालले भने। 

सुझावित समाचार