१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दलबीच नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई हस्तक्षेप नगर्ने समझदारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरूबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको बताएका छन्। 

बालुवाटारमा आइतबार बिहान बसेको शीर्ष दलका नेताहरूको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता नेम्वाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीच छलफल भएको बताए।

उनका अनुसार शीर्ष नेताहरूले संविधान र कानुनअनुसार कामकारबाही अघि बढाउन बैठकमा कुनै हस्तक्षेप नहुने बताएका थिए। 

उनले भने, ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरू तीन नेता त बस्नेबित्तिकै भुटानी शरणार्थीबारे छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो ? मैले तपाईंहरूको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यू र नेताहरूलाई । तपाईंहरू तीनजना नेता त जुनसुकै वेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथंकदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निष्कर्षमा छौँ, त्यो संविधान, कानुनबमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।’