१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले बोलाएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा बालेन अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा काठमाडौं महानगरका मेयर बालेन साह अनुपस्थित भएका छन्।

बन्चरेडाँडावासीले फोहोर ढुवानी रोक्ने चेतावनी दिइरहँदा प्रधानमन्त्रीले राखेको सरोकारवालाहरूको बैठकमा मेयर बालेन अनुपस्थित भएका हुन्। 

बैठकमा प्रधानमन्त्री कार्यालयका मुख्यसचिवसहित सचिवहरू, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला र स्वास्थ्य मन्त्रालयका मन्त्री र सचिवहरू, बागमती प्रदेशका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, काठमाडौं, ललितपुर र भक्तपुरका मेयर र प्रशासकीय प्रमुख तथा सिसडोल र आसपासका सरोकारवालाका अगुवाहरूको समेत उपस्थिति रहेको छ।

प्रतिबद्धताअनुसार महानगरले सामान्य माग मात्रै पूरा गरेर झारा टार्ने काम गरिरहेको भन्दै स्थानीयले सहमति अक्षरशः पूरा नभए एक सातापछि फोहोर ढुवानी रोक्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले सरोकारवालाको बैठक राखेका हुन्।