१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा बीभत्स अवस्थामा भारतीय नागरिकको शव फेला

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

सर्लाहीको हरिपुर्वामा बीभत्स अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ।

बुधबार साँझ हरिपुर नगरपालिका– १ पथरा पुलबाट पाँच सय मिटरको दूरीमा बीभत्स अवस्थामा भारतीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार झाडीमा टाउको र शरीर छुट्टिएको अवस्थामा भारतको सीतामढी ग्रामपञ्चायत सोनवर्षा वडानम्बर–९, बस्ने अन्दाजी २८ वर्षका सिकु भनिने शेखर सुमनको शव फेला परेको हो। 

बीभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले २५ मिटरको दूरीमा मृतकको टाउको र शरीर अलग गरिएको फेला पारेको हो। शव परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी कैलाश राईले जानकारी दिए। 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।