
- बेडरुममा हरियो, सिल्भर ग्रे, क्रिम, गुलाबीलगायत विभिन्न रङ लगाउन सकिन्छ ।
- प्रायः महिलालाई गुलाबी रङ मन पर्छ । गुलाबी रङलाई प्रेम, खुसी र राम्रो सम्बन्धको प्रतीक मानिन्छ ।
- हरियो रङले ताजा महसुस गराउन सहयोग गर्छ । यो रङलाई समृद्धि, सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।
- क्रिम कलर पनि बेडरुममा उपयुक्त हुन्छ । यसले शान्त महसुस गराउँछ । क्रिम कलरमा ग्रिन कलर पनि कम्बिनेसन गर्न सकिन्छ ।
- हल्का पहेँलो रङ रोज्न सकिन्छ । यसले आशा र सकारात्मकता दिन्छ । पहेँलो रङलाई सन्तुष्टि र खुसीको प्रतीक पनि मानिन्छ ।
- सेतो रङलाई स्वतन्त्रता र सकारात्मकताको प्रतीक मानिन्छ । यसले शान्ति र पवित्रतासँगै सरलताको पनि संकेत दिन्छ ।
- गाढा रङको सेडमा हल्का रङको सेडजस्तै हरियोसँग सेतो, स्मोकी ग्रे, अफ ह्वाइट, बेजलगायतले पनि रंगाउन सकिन्छ ।
- बेडरुममा रातो रङको प्रयोग राम्रो मानिँदैन । कालो रङ पनि प्रयोग गरिँदैन ।